कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा प्रदीप सुनुवार नियुक्त

144
Shares

काठमाडौँ, २६ माघ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रदीप सुनुवारले पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् बिस्तार गर्दा सुनुवारलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गत ४ मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा सुनुवार ओखलढुंगा प्रदेश सभा १ बाट नेपाली कांग्रेसबाट विजयी सांसद हुन् । यस्तै उनी उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

मुख्य मन्त्री कार्कीले आज सुनुवारसहित चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त अन्य मन्त्रीहरुमा रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी, नारायण बुर्जा मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा र राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, इन्दिरा थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री र सुनिता कुमारी राम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकी छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *