बिहानैदेखिको वर्षा र हिमपातले भूकम्प प्रभावित समस्यामा

56
Shares

रुकुम पश्चिम, २१ माघ । केही दिनअघिको वर्षा र हिमपातपछि पुनः आज बिहानै देखिको वर्षा र हिमपातले पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसो बढेपछि रुकुम पश्चिमका भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् ।

चिसोका कारण तीन महीनादेखि अस्थायी आवासमा बस्दै आएका प्रभावितले जनजीवन कष्टकर बनेको बताएका छन् । अस्थायी आवासबाट समेत आकाशे पानी चुहिने भएकाले आफूहरू थप समस्यामा परेको सानीभेरी गाउँपालिका-९ का भूकम्प प्रभावित जेष्ठ नागरिक लालसिंह डाँगीको भनाइ छ ।

चिसो बढेपछि सबैभन्दा बढी जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी समस्यामा परेका छन् । पश्चिमी वायुका कारण आज बिहानै देखि उत्पन्न चिसोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको जनजीवन कष्टकर बनेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *