बिहानैदेखिको वर्षा र हिमपातले भूकम्प प्रभावित समस्यामा

रुकुम पश्चिम, २१ माघ । केही दिनअघिको वर्षा र हिमपातपछि पुनः आज बिहानै देखिको वर्षा र हिमपातले पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसो बढेपछि रुकुम पश्चिमका भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् ।
चिसोका कारण तीन महीनादेखि अस्थायी आवासमा बस्दै आएका प्रभावितले जनजीवन कष्टकर बनेको बताएका छन् । अस्थायी आवासबाट समेत आकाशे पानी चुहिने भएकाले आफूहरू थप समस्यामा परेको सानीभेरी गाउँपालिका-९ का भूकम्प प्रभावित जेष्ठ नागरिक लालसिंह डाँगीको भनाइ छ ।
चिसो बढेपछि सबैभन्दा बढी जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी समस्यामा परेका छन् । पश्चिमी वायुका कारण आज बिहानै देखि उत्पन्न चिसोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको जनजीवन कष्टकर बनेको हो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

