लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. पन्थी यथावत

काठमाडौँ, १० माघ । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी यथावत रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रमाणीकरण गरी पठाएको सरुवा सूचीमा लुम्बिनीमा पठाइएको भनिएकी दुर्गा लक्ष्मी श्रेष्ठको नाम नपरेपछि डा पन्थी यथावत रहेका हुन् ।
यसअघि प्रमाणीकरण भएको भनिएको सूचीमा श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा पठाइएको भनिएको थियो । तर मुख्य सचिव डा बैकुण्ठ अर्यालले सामान्यलाई पठाएको प्रमाणिकरण सहितको पत्रमा उक्त नाम हटाइएको छ ।
लुम्बिनीका स्वास्थ्य सचिव डा पन्थीले आफूले नियमित रुपमा जिम्मेवारी सम्हाली रहेको बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

