लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. पन्थी यथावत

212
Shares

काठमाडौँ, १० माघ । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी यथावत रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रमाणीकरण गरी पठाएको सरुवा सूचीमा लुम्बिनीमा पठाइएको भनिएकी दुर्गा लक्ष्मी श्रेष्ठको नाम नपरेपछि डा पन्थी यथावत रहेका हुन् ।

यसअघि प्रमाणीकरण भएको भनिएको सूचीमा श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा पठाइएको भनिएको थियो । तर मुख्य सचिव डा बैकुण्ठ अर्यालले सामान्यलाई पठाएको प्रमाणिकरण सहितको पत्रमा उक्त नाम हटाइएको छ ।

लुम्बिनीका स्वास्थ्य सचिव डा पन्थीले आफूले नियमित रुपमा जिम्मेवारी सम्हाली रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *