पत्नीशोकमा परे खेलकुद मन्त्री लिम्बू

काठमाडौँ, २७ पुस । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ।
५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको हो । उनी क्यान्सर पीडित थिइन्।
मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर जाँदै गरेको बताए । उनीहरुको एक छोरा र एक छोरी छन्।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

