पत्नीशोकमा परे खेलकुद मन्त्री लिम्बू

92
Shares

काठमाडौँ, २७ पुस । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ।

५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको हो । उनी क्यान्सर पीडित थिइन्।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर जाँदै गरेको बताए । उनीहरुको एक छोरा र एक छोरी छन्।

केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *