स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई, डा. शर्मालाई वीर पठाईयो

काठमाडौँ, २३ पुस । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी सरुवाको कामलाई निरन्तरता दिएका छन् ।
मन्त्री बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशक परिवर्तन गरेका छन् । उनले सो महाशाखामा डा. श्रवण कुमार थापालाई वीरबाट सरुवा गरी निर्देशकको जिम्मेवारी दिएका छन् ।
थापा यसअघि वीर अस्पतालमा उप निर्देशक पदमा कार्यरत थिए ।
यस्तै त्यहाँ विगत १७ महिना देखि निर्देशकको जिम्मेवारीमा रहेका डा सर्वेश शर्मालाई वीर अस्पताल पठाएका छन् । डा शर्मालाई काजमा वीर पठाइएको हो ।
डा शर्माले आफ्नो दरबन्दी भने केन्द्रीय कारागार अस्पतालमा रहेको बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




