कोरोना सतर्कता : भारतबाट फर्केका १४ संक्रमितको जीन सिक्वेन्सिङ, नयाँ भेरियन्ट फेला परेन

240
Shares

 

काठमाडौँ, ९ पुस । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।

प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरेको हो। प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए।

उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए। भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो।

‘सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका लागि नमूना पठाउन भनेका छौँ’, उनले भने, ‘डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौं।’

सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ

प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ।

प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमूना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए। रासस

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *