चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनौटमा, प्रस्तुति करण र अन्तरवार्ताका लागि बोलाइयो

532
Shares

काठमाडौँ,  १७ मंसिर ।  चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि आवेदन दिएका २० जना मध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट) मा परेको छ।

आयोगको निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिले उनीहरुलाई आगामी १८ मंसिरका दिन प्रस्तुतिकरण तथा अन्तर्वार्ता दिन बोलाएको छ ।

समितिले आज प्रकाशित गरेको सूचना अनुसार आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई अल्प सूचीमा राखेको हो ।

यसअघि निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो।

समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *