नवलपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

104
Shares

काठमाडौं, २६ कात्तिक । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।

मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *