नवलपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।
मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




