नारायणी अस्पतालको अध्यक्षमा धीरजकुमार गुप्ता मनोनित
काठमाडौँ, २० कात्तिक । नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धीरजकुमार गुप्ता मनोनित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ (३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष मनोनित गरेको हो।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १७ कात्तिकमा गुप्तालाई मन्त्रीस्तरको निर्णयबाट अध्यक्षमा मनोनित गरेको स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले जानकारी दिइन्।
मन्त्रालयले नवनियुक्त अध्यक्ष गुप्ताले अस्पतालको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान रहने विश्वास व्यक्त गरेको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




