नारायणी अस्पतालको अध्यक्षमा धीरजकुमार गुप्ता मनोनित
काठमाडौँ, २० कात्तिक । नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धीरजकुमार गुप्ता मनोनित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ (३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष मनोनित गरेको हो।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १७ कात्तिकमा गुप्तालाई मन्त्रीस्तरको निर्णयबाट अध्यक्षमा मनोनित गरेको स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले जानकारी दिइन्।
मन्त्रालयले नवनियुक्त अध्यक्ष गुप्ताले अस्पतालको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान रहने विश्वास व्यक्त गरेको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



