जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, १९० बढी घाइतेको उपचार हुँदै

264
Shares

काठमाडौँ, १८ कात्तिक । जाजरकोट केन्द्रविन्दु बनाएर गएराती गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यस्तै गम्भीर तथा मध्यम खालका घाइतेको संख्या १०५ रहेको छ । सामान्य घाइतेहरु भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गरि डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी कुल १५७ जनाको मृत्यु भएको बताए । यस्तै जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ८५ जना गरी कुल १९० जना गम्भीर तथा मध्यम अवस्थाका घाइतेहरुको जिल्ला, प्रादेशिक र संघीय अस्पतालहरुमा उपचार भइरहेको बताए ।

‘धेरै जसो जाजरकोट अस्पतालमा उपचार भइरहेको छ, त्यसपछि प्रादेशिक अस्पताल सुर्खे, भेरी अस्पताल नेपालगञ्ज र केही घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा पनि उपचार सुरु भएको छ,’ डा. बुढाथोकीले भने ।

उनले प्रभावित क्षेत्रमै उपचार प्रभावकारी बनाउन संघीय तथा प्रादेशिक स्तरबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा औषधिहरु पठाइएको समेत जानकारी दिए ।

गएराती ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *