डब्लुएचओ सेरोको पूर्ण बैठकमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

84
Shares

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भारत प्रस्थान गरेका छन् ।

सोमबारदेखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठकमा सहभागी हुन स्वास्थ्यमन्त्रीको टोली भारत प्रस्थान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्यसचिव डा. रोशन पोखरेल अतिरिक्त सचिव ड. विकास देवकोटासहित पाँचजनाको टोली आइतबार बिहान भारतको नयाँ दिल्ली गएको हो ।

भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई व्यक्तित्व नेपालका डा. शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद मध्ये एक जनालाई छनौट गर्नेछ ।

बैठक भोलि देखि चार दिन अर्थात ३० अक्टुबर देखि २ नोभेम्वर सम्म चल्ने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *