प्यासिफिक क्लिनिकमा दशैं तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट

100
Shares

काठमाडौं । कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले दशैं तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट दिएको छ। क्लिनिकले दशैं तिहार र छठ पर्वका अवसरमा स्ट्यान्डर्ड हेल्थ प्याकेजमा झण्ड ३० प्रतिशतसम्मको छुट दिएको हो।

दशैं तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चाडबाड सुरु हुनु अघि तथा चाडबाडका समयमा नागरिकले आफ्नो स्वास्थ्यका विषयमा सहज रुपमा जानकारी लिन सकून भनेर छुटको व्यवस्था गरिएको हो क्लिनिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ बदलिँदो जीवनशैली र खानपानका कारण मुटु मधुमेह उच्च रक्तचाप जस्ता समस्या भएका तथा जोखिम समूहमा परेकाहरुले यो छुटको फाइदा लिँदै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन सक्नु हुने छ।

क्लिनिकमा स्ट्यान्डर्ड हेल्था प्याकेज अन्तर्गत अन्य समयमा पाँच हजार ७ सय रुपैयाँ पर्ने परीक्षण शुल्क दशैं तिहार र छठको अवसरमा ४ हजार २ सय रुपैयाँमा नै लिन सकिने छ।

छुटको सुविधा मंसिर १५ गतेसम्म लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *