बरिष्ठ भास्कुलर सर्जन डा पाण्डेलाई विश्वप्रसिद्ध एफआईयुए अवार्ड

काठमाडौँ, २५  जेठ । बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले फेलो अफ आईयुए (एफआईयुए) अवार्ड प्राप्त गरेका छन् ।

विश्वकै सबैभन्दा प्रख्यात र पुरानो भास्कुलर संगठन इन्टरनेशनल युनियन अफ एन्जीओलोजी (आईयुए)ले प्रदान गर्ने यो अवार्ड भास्कुलर विधातर्फ प्राप्त गर्ने डा. पाण्डे एशियाकै पहिलो चिकित्सक हुन् ।

यसअघि भास्कुलर तर्फ यो सम्मान इटाली अमेरिका, अस्ट्रेलिया, पोर्चुगल, फ्रान्स, चेक रिपब्लिक लगायतका देशका बरिष्ठ डाक्टरहरुले पाउँदै आएका थिए ।

ईटालीमा यसै साता भएको विशेष समारोहमा यो फेलोसिप घोषणा गरिएको थियो ।

‘अहिलेसम्म संसार भरका १६ जनाले मात्रै यो फेलोसिप प्राप्त गरेका छन् । भास्कुलर तर्फ यो अवार्ड पाउने म एशियाकै पहिलो भएको छु । यसले पक्कै निकै गर्व महसुस भएको छ साथै जिम्मेवारी पनि बढेको छ । म मेरो देश र महादेशकै लागि पहिलो अवार्ड प्राप्त गर्न सफल भएँ,’ खुशी व्यक्त गर्दै डा पाण्डेले भने ।

डा. पाण्डे अन्नपूर्ण न्युरो अस्पताल र नर्भिक अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *