डेंगी फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाषक औषधि नेपालमा

 

काठमाडौँ, १२ असोज । डेंगी फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रा।लिले नेपाल भित्र्याएको हो ।

देशभा डेंगीले प्रकोपको रुप लिईरहेका बेला भित्रिएको यो किटनाषक औषधिलाई महत्वका साथ हेरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले किटनाषक औषधिले गर्ने कामका बारेमा जानकारी दिए ।

उनले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले मान्यता दिएको यो विषादी नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति (लाइसेन्स) दिएको छ ।

तामाङले यो विषादीले डेंगी फैलाउने लामखुट्टेको लार्भा र प्युपालाई नष्ट गर्ने बताए ।

उनले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा परीक्षण सफल भएको समेत दावी गरे । उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए ।

लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अच्युत अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दावी गरे । ‘यो मृत्यु भएका जिल्लाहरुबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,’ उनले भने, ‘यसले जीव तथा मानिसमा असर गर्दैन् ।’ यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने उत्पादक कम्पनीको दावी छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशकद्धय डा जिडी ठाकुर र डा बाबुराम मरासिनीले पनि नेपालमा ल्याउँदै गरेको विषादीको प्रभावबारेमा बोलेका थिए । डा ठाकुरले महामारीको रुप लिदै गएको डेंगी फैलाउने स्रोत नष्ठ गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताए ।

अर्का डा मरासिनीले फैलिरहेको डेंगी नियन्त्रणका लागि सम्वेदनशील नभएको आरोप लगाए । उनले बायोडाट एम नामक यो विषादी सरकारले लिएर जोखिमयुक्त ठाँउमा छर्कनुपर्ने बताए ।

सफल स्वास्थ्य सेवा प्रालिले अहिलेको डेंगी प्रकोप निन्त्रणका लागि स्थानीय तहसंग समन्वय गरेर यो विषादी उपलव्ध गराउने तयारीमा लागेको बताएको छ ।

अहिलेसम्म डेंगी संक्रमणबाट नेपालमा ३६ जनाको मृत्यु भएको छ भने २७ हजार ५६९ जना संक्रमित भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *