विषाक्त च्याउ सेवनबाट एकै परिवारका चार बिरामी

0
Shares

musrum

दमक, १० असार –  विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् ।

बिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया कल्पना र नातिनी ६ वर्षीया सबिना मग्रान्ती बिरामी परेका हुन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिरामी चारैजनाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *