प्रतिवन्धित ३० प्रकारका औषधि सहित अवैध क्लिनिक सञ्चालक भारतीय नागरिक पक्राउ

0
Shares

Hatkadi

झापा, ९ असार –  अवैध रुपमा भद्रपुरमा दन्त क्लिनिक सञ्चालन गर्दै आएका भारतीय नागरिक मनोहर समदार बुधबार पक्राउ परेका छन् ।उनलाई औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उघोग कार्यालयकोे संयुक्त अनुगमन टोलीले क्लिनिकबाटै पक्राउ गरेको हो ।

टोलीले नेपालमा प्रतिबन्धित ३० प्रकारका औषधिसमेत उनको क्लिनिकबाट नियन्त्रणमा लिएको जनाएको छ । भारत खोरीबारी घर भएका समदार विगत १० वर्षदेखि झापाको भद्रपुरमा क्लिनिक खोलेर दाँत र कानको उपचार गर्दै आएका थिए । उनलाई ठगीसम्बन्धी मुद्दा दायर गर्ने टोलीले जनाएको छ ।

टोलीले तीन दिनदेखि झापाका विभिन्न क्षेत्रका औपधि पसल, अस्पताल, क्लिनिक, तथा ल्याबको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत प्रमोद भट्टराईले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *