पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्षका १५१ जनामा कोरोना संक्रमण

76
Shares

काठमाडौँ, १७ साउन । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टि भएका कुल संक्रमितमध्ये २१ देखि ३० वर्षका १५१ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार कुल ८१४ संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्षका व्यक्ति १५१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि १० वर्षका २ जना, ११ देखि २० वर्षका ३४ जना , ३१ देखि ४० वर्षका १०२ जना , ४१ देखि ५० वर्षका ५९ जना , ५१ देखि ६० वर्षका ४५ जना, ६१ देखि ७० वर्षका ३७ जना , ७१ देखि ८० वर्षका २४ जना , ८० देखि माथिका ५ जनामा र ५० जना अज्ञात रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *