डा. रामकुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

124
Shares

काठमाडौँ, ३ जेठ । डा. रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा. श्रेष्ठको टोलीले सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेको हो ।

डा. श्रेष्ठ काठमाडौँको बुढानीलकण्ठस्थित करुणा अस्पतालका सिइओ हुन्। उनी न्यूरो सर्जन समेत हुन्।

डा. श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेपछि करुणा अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ।

केही दिन अघि मात्रै ग्राण्डी अस्पतालका डा. प्रिती भुसाल सहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *