स्वास्थ्यमन्त्रीले महासभामा भने, ‘बाल र मातृमृत्युदर उल्लेख्य रुपमा घटायौँ’

who

जेनेभा, १३ जेठ – स्वास्थ्यमन्त्री रामजनम चौधरीले बाल मृत्युदर र शीशु मृत्युदर घटाउने कार्यमा उल्लेख्य प्रगति भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित ६९ औँ महासभालाई बुधबार सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले नेपालको सामाजिक र सास्कृतिक विविधता देशका लागि अवसर र चुनौती दुबै रहेको भन्दै दीगो विकास लक्ष्य प्राप्तीका लागि यहि विविधतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।

मन्त्री चौधरीले नेपालमा हालसम्म व्लांकेट अप्रोचमा कार्यक्रम सञ्चालित हुँदा केही सिमित बर्गले मात्रै त्यसको लाभ पाएको बताउदै उनले टेलोर मेड अप्रोच अर्थात स्थानीय परिबेश अनुसारका विशिष्ठ कार्यक्रमहरु तयार पारेर लागू गर्नुपर्ने बताए ।

सम्वोधनका क्रममा मन्त्री चौधरीले गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्प र त्यसपछि स्वास्थ्यमा गरिएका प्रयासका बारेमा पनि जानकारी दिएका थिए ।

उनले भारतसंगको खुला सिमानाले सरुवा रोगको नियन्त्रणमा अझै प्रभावकारी हुन नसकेको बताए । उनले नयाँ संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्थापति गरेको तथा नयाँ स्वास्थ्य नीति समेत सोही दिशामा रहेको सभालाई जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *