सप्तरीमा बिद्यालय पोषण सप्ताह सुरु

0
Shares

सप्तरी, ३ जेठ – बिद्यालय स्वास्थ्य पोषण सप्ताह आइतबारदेखि सप्तरीको बिभिन्न गाबिसहरुमा सुरु भएको छ ।

सेभ द चिल्ड्रेन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सप्तरीको पहलमा आइतबारदेखि सप्तरीका १३ वटा गाविसमा विद्यालय स्वास्थ्य पोषण सप्ताह सुरु भएको जनाइएको छ ।

पोषण सप्ताहको पहिलो दिन सन्तुलित आहार, बालपोषण र साबुनपानीले हात धुनेबारे जानकारी गराइएको सेभ द चिल्ड्रेन सप्तरीका कार्यक्रम अधिकृत रामकुमार शाहले जानकारी दिएका छन् ।

सामुदायिक विद्यालयमा पोषण अभावका कारण बालबालिका निकै दुब्लो र पातलो रहेकाले जिल्लाको १३ वटा गाविसमा रहेका करिब ४५ वटा विद्यालयका बालबालिकालाई पोषण तथा सन्तुलित आहारका साथै व्यक्तिगत सरसफाइ विद्यालयको सरसफाइ, जुकासम्बन्धी जानकारी रेली तथा प्रदर्शन लगायतको कार्यक्रम रहेको बताइएको छ ।

सप्ताह सुरु भएका १३ गाबिसहरु

[इटहरी विष्णुपर, लोनिया, कोचाबखारी, सकरपुरा, रम्पुरा मल्हानिया, कोमधेपुरा, कोइलाडी, देउरी भरुवा, जमुनी मधेपुरा, बोरीया, बरहीबिरपुर, छिन्नमसता र राजविराज नगरपालिका १० र ८ का समुदायिक विद्यालय]

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *