पुरानो मेडिकल कलेजद्धारा चार सय बालबालिकाको मुटु परीक्षण

188
Shares

1(1)

चितवन, ३१ बैशाख – प्राथमिक विद्यालयमा अध्ययनरत करिब ४ सय विद्यार्थीको निशुल्क मुटुरोग परीक्षण गरिएको छ । कलेज अफ मेडिकल साइन्सेजका (पुरानो मेडिकल कलेज)ले बिहीबार भरतपुर १० स्थित बकेना बालबाटिका स्कुलका विद्यार्थीहरुको मुटु परीक्षण गरेको हो ।

नर्सरी देखी कक्षा चारसम्म अध्ययनरत बालबालिकाहरुको मुटुरोग परीक्षण गरिएको हो ।

कलेजका बरिष्ठ मुटुरोग शल्य चिकित्सक डा. कौशल तिवारी र बरिष्ठ मुटु रोग बिषेशज्ञ डा. शंकर लौडारीको सहितका स्वास्थ्यकर्मीको टोलीले स्कुले बालबालिकाहरुको मुटु परीक्षण गरेका थिए ।

2(1)

सो क्रममा तीन जना बालबालिकाको मुटुमा समस्या देखिएको थियो । ती बालबालिकालाई चिकित्सकको टोलीले थप उपचारका लागि पुरानो मेडिकल कलेज ल्याएको छ ।

डा. तिवारीले प्राथमिक तहमा पढ्ने उमेर समूहका बालबालिकाहरुमा जन्मजात मुटुरोग तथा मुटुको बाथ रोग हुनसक्ने सम्भावना भएकोले परीक्षण गरिएको बताए । उनले समयमै परीक्षण गरे यस्ता समस्या सहजै निको हुने बताए ।

कलेजका आवासीय निर्देशक डा. भी नटराज प्रसादले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत स्वास्थ्य सिविर सञ्चालन गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *