पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार

0
Shares

lokendra bd chand

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा गत साता देखि मुटुरोग सम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।

७७ बर्षीय चन्दलाई प्रोष्टेडको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो र केही दिन अघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । आजबाट उनले सामान्य कुराकानी गर्न थालेको र हल्का खाना समेत खान थालेका छन् ।

प्रवक्ता गिरीका अनुसार उनको स्वास्थ्यमा सुधार हुँदै गएमा चाडै नै अस्पतालबाट डिस्चार्ज गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *