कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

4
Share

काठमाडौँ, ३१ असार। नेपालमा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परवा नगरपालिकाका ३६ वर्षीय पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए। नेपाल फर्किएसँगै उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा असार २४ गते बसेका थिए। असार २९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई आजै हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको थियो।

आज थप एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *