कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौँ, ३१ असार। नेपालमा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परवा नगरपालिकाका ३६ वर्षीय पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए। नेपाल फर्किएसँगै उनी स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा असार २४ गते बसेका थिए। असार २९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई आजै हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको थियो।

आज थप एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *