औलोका बिरामी बर्सेनि दुई हजार

0
Shares

anopheles-mosquito

काठमाडौँ – अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् ।

औलो रोग सङ्क्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले नियन्त्रणमा समस्या भइरहेको बताए ।

गत वर्ष नेपालमा एक हजार ३५२ औलोका बिरामी भेटिएका थिए । त्यसमध्ये ५५ प्रतिशत नेपालभित्र र बाँकी भारतमा काम गरी फर्केका र अफ्रिकी मुलुकमा शान्ति सेनामा गएका सुरक्षाकर्मीमा औलोको भाइरस भेटिएको थियो ।

नेपालमा चार वर्षयता औलोका बिरामी भेटिएको भए पनि यसबाट कसैको मृत्यु नभएको महाशाखाको भनाइ छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *