म्याद गुज्रिएका औषधि वितरण

0
Shares


जलेश्वर, ५ असार । महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला आयुर्वेद औषधालयले म्याद गुज्रिएको औषधि वितरण गर्दै आएको रहस्य खुलेको छ ।

सो औषधालयका बारेमा गुनासा आउन थालेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवको नेतृत्वको टोलीले अनुगमन गर्दा सो भेटिएको हो । विगत पाँच वर्षदेखि तीन महिना अगाडिसम्म म्याद गुज्रिएका १३ बोरा औषधि समेत अनुगमनका क्रममा नियन्त्रणमा लिइएको जनाइएको छ ।

त्यहाँ कार्यरत कर्मचारीले औषधिको बट्टामा प्रयोग गर्न मिल्ने म्याद लेखिएको कागज च्यातेर म्याद गुज्रिएकै औषधि सेवाग्राहीलाई वितरण गर्दै आएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीले ती बोरामा राखिएको एक हजारभन्दा बढी बट्टामा रहेका अतिउपयोगी औषधिहरु शीतोपलादी चूर्ण, त्रिफला चूर्ण, उसपयान चूर्ण, अश्वगन्धा चूर्ण, आमलाकी चूर्ण, सतावरी चूर्ण, पञ्चसका चूर्ण, महासुदर्शन चूर्ण लगायतका म्याद गुज्रिएको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

उनले म्याद गुज्रिएको औषधिहरुका बारेमा आवश्यक अनुसन्धान पश्चात् सबै नष्ट गरिने जानकारी दिए । औषधालयका प्रमुख गम्भीर झाले आफू १४ महिनादेखि कार्यरत रहेको र कर्मचारीहरुले सहयोग नगरेको कारण स्टोरमा रहेका पुराना म्याद गुज्रिएको औषधिहरु नष्ट गर्न नसकिएको हो भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *