बास बसेको ग्राहकमा कोरोना देखिएपछि होटल सिल

0
Shares

लमजुङ ४ असार । बास बसेको एक व्यक्ति (ग्राहक)मा कोरोना भाइरस देखिएपछि लमजुङको एक होटललाई सिल गरिएको छ ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग मोटरसाइकलमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए ।

सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *