गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण

0
Shares

पोखरा, ३० जेठ । गण्डकी प्रदेशका ४ जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार (आज) विहान ६ : १५ बजे गराएको नियमित कोरोना अपडेटमा पर्वत, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीमा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार पर्वतको कुश्मा नगरपालिकामा १० जना पुरुष, स्याङ्जाको वालिङ नगरपालिकामा २ जना, गल्याङ नगरपालिकामा १८ जना, अर्जुन चौपारी गाँउपालिकामा एक जना र ठेगाना नखुलेको एक जना गरी कुल २२ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै तनहुँको घिरिङ गाउँपालिकामा १ जना र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १ जना पुरुष गरी कुल २ जनामा संक्रमण देखिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *