पछिल्लो २४ घण्टामा २२६ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या १७९८
काठमाडौँ, १९ जेठ । पछिल्लो २४ घण्टामा देशभर २२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म सातवटै प्रदेशका ५९ वटा जिल्लामा संक्रमण देखिएको बताए ।
उनले हालसम्म कुल संक्रमितको संख्या १ हजार ६६७ पुरुष र १३१ जना महिला रहेको समेत डा देवकोटाले जानकारी दिए । यो संगै कुल संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।
डा देवकोटाले सोमबारसम्म २२१ जना कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएको समेत बताए । नेपालमा अहिलेसम्म कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



