पछिल्लो २४ घण्टामा २२६ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या १७९८

काठमाडौँ, १९ जेठ ।  पछिल्लो २४ घण्टामा देशभर २२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म सातवटै प्रदेशका ५९ वटा जिल्लामा संक्रमण देखिएको बताए ।

उनले हालसम्म कुल संक्रमितको संख्या १ हजार ६६७ पुरुष र १३१ जना महिला रहेको समेत डा देवकोटाले जानकारी दिए । यो संगै कुल संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।

डा देवकोटाले सोमबारसम्म २२१ जना कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएको समेत बताए । नेपालमा अहिलेसम्म कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *