कपिलवस्तुको चन्द्रौटाका ३ जनामा कोरोना संक्रमण, कुल संख्या २७६ पुग्यो

244
Shares

काठमाडौँ, ३ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा चन्द्रौटाका २५, ३४, ४४ बर्षका तीन जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबैको स्वास्थ्य अवस्था सामान्य भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *