जाजरकोटको झाडाबान्ता नियन्त्रणमा

0
Shares

जाजरकोट – जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका एसएलसी० परीक्षा केन्द्रमा परीक्षा दिन गएका विद्यार्थी, शिक्षक र अभिभावकमा पखालाको सङ्क्रमण देखिएको थियो ।

बिरामीको उपचारमा खटिइनुभएका रामबहादुर थापाका अनुसार आइतबारदेखि हालसम्म परीक्षा केन्द्रमा शिक्षक तथा विद्यार्थी गरी ८० र स्वास्थ्य केन्द्रमा १०५ जनाको उपचार गरिएको छ ।

सदरमुकामबाट प्रकोपस्थल पुगेका डा दिवस सापकोटा झाडाबान्ता नियन्त्रणमा आएपछि सदरमुकाम फर्केका छन् ।

परीक्षाकेन्द्र आसपासको भीडभाडमा जथाभावी दिसापिसाब गर्दा फोहरमैला बढेको, बासी खाना र फोहोर खानेपानीका सङ्क्रमण फैलिएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *