मधुमेह रोगबारे नेपाल मेडिकल भोलिन्टियर सोसाइटीको अन्तरक्रिया

124
Shares

12970327_10153365275002062_900278016_o

विराटनगर – विश्व स्वास्थ्य दिवसको अवसर पारी नेपाल मेडिकल भोलिन्टियर सोसाइटी प्रालिले मधुमेह रोगबारे अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

मधुमेहलाई पराजित गरौँ भन्ने विषयमा गरिएको अन्तक्र्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख भानु यादेन, कोशी अञ्चल अस्पतालका प्रमुख डा. रोशन पोखरेल, बरिष्ठ जनस्वास्थ्यविज्ञ तथा साहित्यकार डा. नबराज सुब्बा लगायतले मधुमेहका बारेमा आफ्ना धारणा राखेका थिए ।

सो कार्यक्रममा सोसाइटीका तर्फबाट अध्यक्ष सूर्य पराजुली, नविन लामिछाने डा. पार्थ गुरागाई, बाबुराम पोखरेल, संयोग उप्रेती, प्रनिस श्रेष्ठ, हीरा केसी लगायतले बोलेका थिए ।

सोसाइटीका अध्यक्ष डा. पराजुलीले आगामी दिनमा जनस्वास्थ्यका विषयमा आफूहरु थप सक्रियताका साथ लाग्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *