२७१ जनाको निशुल्क सुगर परीक्षण

0
Shares

20160407_111246

काठमाडौँ –  विश्व स्वास्थ्य दिवशको अवसरमा बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालले सञ्चालन गरेको दुई दिने निशुल्क सुगर परीक्षण कार्यक्रममा विहीबार २७१ जनाले परीक्षण गराएका छन् ।

उनीहरुको ग्लुकोज रेन्डम व्लड टेष्ट( जीआरबीएस) गरिएको थियो । साथै मधुमेहबारे प्रशिक्षण समेत दिइएको थियो ।

अस्पतालका हेल्थकेयर म्यानेजर सलिना महर्जनका अनुसार निशुल्क परीक्षण शुक्रबार समेत चल्नेछ । विहान ९ बजे अपरान्ह ५ बजे सम्म परीक्षणको व्यवस्था मिलाइएको महर्जनले बताइन् ।

“मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं” भन्ने मूल नारा सहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईदै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *