काँग्रेस नेता रामशरण महतको कुर्कुच्चाको शल्यक्रिया

156
Shares

dr. mahat

काठमाडौँ – आफ्नै घरमा लडेर घाइते भएका नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया सफल भएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा मेडिकल डाइरेक्टर समेत रहेका अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेको टोलीले शुक्रबार बिहान महतको शल्यक्रिया गरेको हो ।डा. चक्रराज पाण्डेले जानकारी दिए ।

डा. पाण्डेका अनुसार नेता महतको शल्यक्रिया सफल भएको छ । यद्धपी फिजियो थेरापीका लागि केही दिन अस्पतालमै रहनुपर्ने हुन्छ ।

नेता महत गत बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट चिप्लिएर लडेका थिए । उनको बायाँ गोडामा चोट लागेपछि परिबारले उपचारका लागि ग्राण्डी अस्तपाल पुरयाएको थियो । 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *