रोशनी शाहीको विषयमा नर्सिङ संघले भन्यो, ‘निस्पक्ष छानवीन होस’
काठमाडौँ, १६ असोज । नेपाल नर्सिङ संघले पूर्व सभामुख कृष्णबहादुर महरासंग जोडिएको विवादास्पद विषयको निस्पक्ष छानवीन गर्न सरकारसंग माग गरेको छ । उक्त घटनामा जोडिएकी पात्र रोशनी शाही पेशाले नर्स हुन् ।
संघले बुधबार विज्ञप्ती जारी गर्दै छानवीनको माग गरेको हो ।
संसद सचिवालयमा कार्यरत नर्स शाही पूर्व सभामुख महराले यौन दुव्र्यवहार गरेको भन्दै गत सोमबार मिडियामा आएकी थिइन । त्यस लगत्तै महराको सभामुख पद खुस्किएको छ । तर पछिल्लो पटक भने शाहीले बयान बदली आफूलाई महराबाट कुनै दुर्वहार नभएको बताएकी छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]