मेडिकल कलेजले नियमविपरीत उठाएको शुल्कको विरोधमा माइतिघरमा प्रदर्शन

काठमाडौँ, ४ असोज । मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क आफूहरूबाट असुलेको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रर्दशन गरेका छन्।
चितवन मेडिकल कलेजलगायतमा मेडिकलले नियम भन्दा धेरै शुल्क लिएकोमा कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै प्रर्दशन भएको हो।
‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ ले शनिबार दिउँसो गरेको प्रर्दशनमा डाक्टर केसी पनि उपस्थित थिए।
विद्यार्थीहरुले नियमअनुसार तोकिएको शुल्क मात्र उठाउनु पर्ने, बढी शुल्क फिर्ता गर्नुपर्ने, नियमविपरित शुल्क उठाउनेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



