सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

316
Shares

मध्यपुरथिमि, ३० भदौ । मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताए ।

कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका छ टोल सुधार समितिलाई डेङ्गु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोल टोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गरेको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *