ब्लोदानको बृहत रक्तदान : घिराइयाले गरिन १४७ औँ पटक , महर्जनको १०२ औँ पटक

148
Shares

काठमाडौँ, २९ भदौ ।  ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला मध्य क्षेत्रको आयोजनामा शनिबार वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बसन्तपुरस्थित महादेव पार्वती डबली भएको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा ब्लोदान केन्द्रका बरिष्ठ सल्लाहकार नीता घिराइयाले १४७ औँ पटक गरेकी थिइन । यस्तै ब्लोदान केन्द्रका उपाध्यक्ष सूर्यलाल महर्जनले १०२ औ पटक रक्तदान गरेका थिए ।

यसैबीच बृहत रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै व्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले आफ्नो अमूल्य जीवन दिएर कसैको जीवन बचाउने कार्यमा लागेको भन्दै सबै रक्तदातालाई धन्यवाद दिए । उनले पछिल्ला दिनमा फैलिएको डेंगी संक्रमणका कारण ब्लड बैंकमा रगत अभाव भएको सुनिएको भन्दै संकटको घडीमा रक्तदान गर्नु झनै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा कामनपा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, काठमाडौँ मध्यक्षेत्रका अध्यक्ष कृष्णप्रसाद मानन्धर लगायतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा रक्तदान गरेका दाता तथा सहयोगीलाई कार्यक्रमस्थलमै रक्तदान गरेको फोटो अंकित कप मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *