इच्छाकामना गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

22
Shares


मुग्लिन, २६ भदौ । चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा रु १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।

“गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्”, अध्यक्ष गुरुङले भनिन्, “यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ ।

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन् । इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्ने र त्यहाँ दुर्घटना बढी हुने गरेको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था रहँदै आएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुदाँ स्कारपियो र टाटा सुमोले बिरामी बोक्दै आएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *