आयुर्वेद चिकित्सकको पहिलो लाइसेन्स परीक्षा, सत प्रतिशत उत्तीर्ण

252
Shares

काठमाडौँ, २२ भदौ । नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलो पटक लिएको आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा सतप्रतिशत उत्तीर्ण भएका छन् ।

पहिलो परीक्षामा सहभागी भएका ६८ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन्। काउन्सिलले भदौ १४ गते दर्ता लाइसेन्सको परीक्षा लिएको थियो। त्यसको आठ दिनपछि काउन्सिलले आज नतिजा प्रकाशन गरेको हो ।

नेपाल आयुर्वेद काउसिन्लका रजिष्ट्रार डा नारायण श्रेष्ठले अन्य काउन्सिलहरुले पनि परीक्षा लिएर दर्ता प्रमाणपत्र दिने क्रम सुरु गरिसकेकोले आयुर्वेद चिकित्सकलाई समयानुकूल बनाउन परीक्षा लिन सुरु गरेको बताए। उनले अब हरेक छ छ महिनामा लाइसेन्स परीक्षा सुचारु गर्ने बताए ।

बिएएमएस तह सकेर कम्तीमा ६ महिनाको इन्टर्नसीप सकेका विद्यार्थीहरुले दर्ता परीक्षा दिनसक्ने रजिष्ट्रार श्रेष्ठले जानकारी दिए ।

यसअघि एमबिबिएस सरहको बिएमएस उतीर्ण विद्यार्थीले काउन्सिलमा नाम मात्र दर्ता गरी चिकित्सकीय अभ्यास गर्न पाउने व्यवस्था थियो।  हालसम्म काउन्सिलमा ६३८ जना आयुर्वेद चिकित्सक दर्ता भइसकेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *