‘अस्पतालको छानवीन गरी अबैधलाई कारबाही गर्दैछौँ’

0
Shares

Ramjanam-Chaudhariचितवन – स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध रुपमा सञ्चालनमा आएका अस्पताललाई कारबाही गरिने बताएका छन् । उनले अवैध सञ्चालित अस्पतालले कतिपय अवस्थामा ‘इथिक्स’ विपरितका काम समेत गरेको भन्दै त्यसलाई नियन्त्रणका लागि कारबाही गरिने बताएका हुन् ।

निजी अस्पताल एसोसियसनको सौराहामा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका मन्त्री चौधरीले आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरेको उल्लेख गरे ।

मन्त्री चौधरीले नबीकरण नभएका अस्पताललाई नवीकरण गर्न लगाउने र सो समयमा पनि नवीकरण नगरेको खण्डमा कारबाही प्रक्रियामा अगाडि बढेर हँदैसम्मको कारबाही गर्ने योजना रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *