जिल्ला अस्पताल एम्बुलेन्सविहीन

88
Shares


स्याङ्जा, १७ असार । जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउछन् । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताए । “अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ”, उनले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताए । “मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ”, उनले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *