नेशनल बाथरोग सेन्टरद्धारा बबरमहलमा नि:शुल्क स्वास्थ्य शिविर

76
Shares

काठमाडौँ, ८ असार । दुर्गा विनायक मन्दिर टोल विकास समन्वय समिति र नेपाल मानवतावादी समाज गृहणाी सरोकार समूहको संयुक्त आयोजनामा शनिबार द्धारिकादास निवास परिसर बबरमहलमा निशुल्क बाथरोग परीक्षण शिविर सञ्चालन भएको छ ।

रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १०४ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

सेन्टरका अध्यक्ष समेत रहेका बरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली उपचारसंगै बाथरोगबारे अन्तरक्रिया समेत गरेको थियो । उनीहरुले बाथरोगका लक्षण, उपचारात्मक सेवाका बारेमा जानकारी दिएका थिए ।

सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले सामाजिक उत्तरदायित्व अन्तरगर्त निशुल्क स्वास्थ्य शिविर राखिएको बताए ।

शिविरमा आवश्यकता पर्नेहरुलाई निशुल्क औषधिको समेत व्यवस्था गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *