दमौली : क्यान्सर पीडितलाई आर्थिक सहयोग

84
Shares

दमौली, २२ जेठ । क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ ।

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उनलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार उनकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गरेका हुन् ।

वडाध्यक्ष लामिछानेले भने, “क्यान्सर पीडित रेग्मीको उपचारार्थ सहयोग सङ्कलन अभियानलाई स्थानीयस्तरमा समेत जारी राखेका छौँ”, रेग्मीकी श्रीमती अप्सराले घरको अवस्था नाजुक रहेकाले आफ्ना श्रीमानको उपचारमा सहयोग गर्न आग्रह गर्दै उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *